नेपाल प्रेस यूनियनको ३४औ स्थापना दिवसको उपलक्ष्यमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

वीरगन्ज । नेपाल प्रेस यूनियनको ३४ औ स्थापना दिवसको अवसरमा प्रेस युनियन पर्साद्वारा शनिबार साझ वीरगन्जको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष विजय चौहानको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस युनियनका संस्थापक सदस्य कन्हैयालाल केसरी, नेपाल पत्रकार महासंघका पूर्व सचिव दीपेंद्र चौहान, मधेश प्रदेश सदस्य अजय शाह, प्रेस सेन्टर पर्साका सचिव अजित भुजेल , प्रेस युनियन पर्साकस उपाध्यक्ष क्रान्ति शाह , सदस्यहरू हुकुम सिंह राजपूत, मंजूर आलम, राहुल गुप्ता, लालबाबू सिंह ,कन्हैया गुप्ता,जाकिर हुसेन , उपमेयरका स्वकिय सचिव लगायत विभिन्न सञ्चारमाध्यमका सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि उपमेयर आलमले प्रेस युनियनको ३४ औ स्थापना दिवसको अवसरमा आज बिहान नारायणी अस्पतालका बिरामिको बेड बेडमा पुगेर फलफुल सेवा प्रदान गर्दै बिरामिहार्को समस्या गुनासो र अस्पतालको सरसफाइ लगायत बिरामिको गुणस्तरीय उपचारको लागि त्यहाका डाक्टर एवं प्रशासनिक अधिकारिहरु संग कुरा गरि सुझाव सल्लाह प्रदान गर्दा आफू निकै खुशी लागेको बताउदै प्रेस युनियन पत्रकारहरुको मात्र हैन कि देशकै चौथो अंग भएर नेताहरु,पार्टी लगायत लाई झक्झक्याउदै सुधार गरिरहेकोमा अझ बढी सकृय भएर लाग्न शुभकामना मन्तव्य दिँदै आफू र वीरगन्ज महानगर सधैं तपाईंहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा प्रेस युनियनका केन्द्रीय सचिव एव पत्रकार महासंघका केन्द्रिय सचिव तिवारिले नेपालमा लोकतन्त्र जनताको रक्षार्थ प्रेस युनियन सधै नै लडिरहेको सुनौलो ईतिहास रहेको बताउदै वर्तमान समयमा अझ बढी सचेत ,जागरुक,संघर्ष गरि आआफ्नो जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्न आग्रह गर्दै स्थापना दिवसको बधाई शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष चौहानले लोकतन्त्र भए हामी सबै स्वतन्त्र रहन्छौ र प्रेस युनियनको जन्म नै अधिनायकवाद संग लडेर देश जनता लोकतन्त्रलाई बलियो बनाउन भएको स्मरण गर्दै सहभागी सम्पुर्णलाई हार्दिक आभार प्रकट गरेका थिए ।
कार्यक्रमको सहजीकरण पर्सा सदस्य संजय गुप्ताले गरेका थिए ।





