नौतन टोलका नालाहरु सफा गरिदै

बारा, १६ असार । बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ नौतन टोलका नालाहरु सफा गरिदै छन । गाउँका नालाहरु बर्षो देखि सफा नभएकाले प्लाष्टिक, माटो र फोहरले पुरीएर ठाउँ ठाउँमा नाला थुनिएर जाम भएका कारण बर्षायाममा पानी पर्ने बेलामा रोड नै नालामा परिन्त हुने गरेका छन ।

नालाहरु पुरिएर ठाउँ ठाउँमा जाम भएका कारण पानीको बहाव नै अनियन्त्रित भै रहेको गुनासो बढे पछि यसलाई मध्य नजर गर्दै वडा स्तरिय बजेटको लागतमा वडा अध्यक्ष छोटेलाल साहले नाला सफाई गराउन लागेका छन ।

बर्षायाम भएकाले नालाबाट निकालिएका माटो, प्लाष्टिक कचरा सहितको फोहरबाट बाटो फोहोर नहोस भनी टे«क्टरमा लोड गरी संगै हटाउदै गरिएका छन ।
पूर्व वडा सदस्य इनरदेव राउत कुर्मी, सचिव राजबंशी यादवको निगरानीमा ठाउँ ठाउँमा जाम भै पुरिएका नालाहरु पुर्णरुपमा तिर्ब गतिमा सर सफाई कार्य भईरहेको छ । यस नालाको सर सफाई देखेर गाउँबासी हर्षित भएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close