ई.प्र.का प्रसौनीमा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगंज, ०४ बैशाख ।
इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डकमा आउनु भएका नव आगन्तुक प्रहरी प्रमुखले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न ब्यक्तिहरुसँग सल्लाह सुझाव संकलन गरेका छन् । बैशाख ३ गते इलाका प्रहरी कार्यालय प्रसौनीको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटी्रेले विभिन्न क्षेत्रका अगुवाहरुलाई निम्त्याएर सल्लाह सुझाव संकलन गर्नुको साथै परिचयात्मक कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका ब्यक्तिहरुले आ आफ्नो टोल, क्षेत्रको शान्ति सुरक्षाको अबस्था र चुनौतीका वारेमा प्रहरी निरिक्षक बोगटीलाई जानकारी गराएका थिए । नागरिकको सुझाव संकलनपछि बोल्दै प्रहरी निरिक्षक बोगटी्रेले सुरक्षा जन सचेतनाका लागि घरदैलो अभियान चलाउने, लागूऔषध र चोरी नियन्त्रणमा विशेष जोड दिने बताए । नागरिकसँगको सहकार्यमा सुरक्षालाई थप मजवुत बनाउने उनले प्रतिबद्धता जनाए ।

प्रहरीबाट नागरिकलाई कुनै पनि अनावश्यक सास्ती हुन नदिने र नागरिकको तर्फबाट पनि प्रहरीलाई आवश्यक सबै सहयोग प्राप्त हुने उनको विश्वास थियो । अपराधिक गतिविधि नियन्त्रणको लागि सम्पूर्ण नागरिक समाज आफै सचेत हुनुपर्नेमा उनले जोड दिए । वहालाई फुल माला लगाई स्वागत गरिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close