उद्योग वाणिज्य संघ काठमाडौँले महानगरसँग क्षतिपूर्ति माग्ने

उद्योग वाणिज्य संघ काठमाडौँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले व्यवसायीलाई आतंकित बनाएको ठहर गर्दै क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघको आज बसेको आकस्मिक बैठकले घरबेटी र महानगर बीचको विवादमा व्यवसायीलाई मर्का पर्नेगरी मेयर शाह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा कर तिरेका व्यवसायीलाई महानगरमाथि आतंक मच्चाएको आरोप लगाईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close