बंगरी नदीको पुल मर्मत संभार हुदै

संचार माध्यमको प्रकाशित समाचारको असर

आह महमद मियाँ , बारा । बारा जिल्ला क्षेत्र नं.४ अन्तर्गत रहेको प्रसौनी गाउंपालिकाको नकटुवा र फेटा गाउंपालिकाको त्रिवेणी बिच सिमामा रहेको बंगरी नदीको पक्की पुल बर्षौ बर्ष देखि मर्मत संभार नभएर जिर्न भै प्वाल भैसको थियो । सो पुलको खाल्डोबाट पटक पटक दुर्घटना हुने गरेका थिए । दुर्घटना भएको बेला ढाक छोप गर्न कहिले माटो पुरिन्छ त कहिले प्लेट बनाएर राखिन्थ्यो ।

सिचाँई नहरको ड्रिलमा पिच बने देखि सडकमा दिनहु गण्डक, मटिअर्वा, देखि सिम्रौनगढ, गौर सम्मको लागी बाटो छोटो दुरी भएकोले आवत जावत गर्न सानो देखि ठूलो गाडी लगायत साईकल, मोटरसाईकलको लागी सजिलो भएकाले गाडीको चाप बढी थियो ।

तर यसमा केन्द्र, प्रदेश सरकार देखि लिएर स्थानिय पालिका निकाय सम्म नजर अन्दाज गर्दै मौन देखिन्थ्यो । बर्षौ बर्ष देखि मर्मत संभार नभएर जिर्न भै प्वाल भएर भाचिसकेका पुलमा पटक पटक दुर्घटना हुने भैरहदा पनि सम्बन्धित निकायको चासो नदिनु बिडम्बना रहेको थियो ।

यो बंगरी नदीको पुल मर्मत संभारको कुरा पटक पटक संचार माध्यमको प्रकाशित समाचारको असर केन्द्र सम्म परे पछि मर्मत संभार कार्य गरिएको छ । सडक सुधार तथा बिकास आयोजना निर्देशनालय केन्द्रिय कार्यालयको निर्देशनमा वीरगंजमा रहेको प्रतिमा चौक शाखाको पहलमा रबि कन्स्ट्रक्सनलाई ठैक्का दिई मर्मत संभार गराउन लागीएको हो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close