नव निर्वाचित जनप्रतिनीधीहरु कार्यभार सम्हाले

बारा । गत बैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले प्रसौनी गाउँपलिका वडा नं. ०३ नौतनका नव निर्वाचित वडाध्यक्ष लगायत वडा सदस्यहरुले कार्यभार सम्हालेका छन् ।

ने.क.पा. एकीकृत समाजवादी (एस) बाट उमेदवारी दिएका सम्पूर्ण जनप्रतिनिधी वडाध्यक्ष छोटालाल साह कानु, वडा सदस्य राजेश गुप्ता, संदिप कुमार, महिला वडा सदस्य सुनिता देवी यादव र गिरजा देवी विजयी भए पछि वडा कार्यालयमा आज एक कार्यक्रमका बिच कार्यभार सम्हाले छन ।

सहिदका पिता शिवपुजन साह गोढको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि दिनेश राई बिशिष्ट अतिथि सुन्दर बिश्वकर्मा, सिता गुरुङ्ग गाउँपालिका अध्यक्ष बिनोद जयसवाल उपाध्उक्ष किरण देवी साह अतिथि ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटी शुभनारायण साह, लक्ष्मण बहादुर, राम बिद्या कुशवाहा पूर्व वडा अध्यक्ष बैजनाथ प्रसाद गुप्ता, वडाध्यक्ष वृजकिशोर साह, हृदय कुमार साह, सेवी विश्वनाथ साह नेपाल लोकतान्त्रीक पार्टीका मधेस प्रदेशका उपाध्यक्ष सुरेस प्रसाद गुप्ता, राजहरण प्रसाद साह, पासपत साह, जलेश्वर साह, श्याम तिवारी, प्रो. विरेन्द्र प्रसाद गुप्ता, सर्जुग दास, वडा लगायत वडा वासीहरुको सहभागिता रहेको थियो ।

कार्यभार सम्भालेका गा.पा. अध्यक्ष जयसवाल र वडा अध्यक्ष कानुले जनताको लागी सेवक बनेर अहोरात खटिने र अनावश्यक वृद्धि कर घटाउने र हटाउने प्रतिबद्धता समेत गरेका छन।

सो कार्यक्रम संचालन वडा सदस्य राजेश गुप्ताले गरेका थिए ।






