अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता

वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ को ( क ) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा यहि क्षेत्रबाट प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट उनी निर्वाचित भएका थिए । जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close