नेपाली काग्रेस क्षेत्रिय बैठक सम्पन्न

आसमहमद मियाँ ।
बारा, ३० साउन । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति बिस्तारित बैठक आन्तरीक बिशेष अभियान क्षेत्रिय सभापति सुनिल गुप्ता कलवारको सभापतित्वमा समपन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति बिस्तारित बैठक आन्तरीक बिशेष अभियान प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनी बजारमा सोमबार सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर के.सी. बिशिष्ट अतिथि मधेश प्रदेश स–महामन्त्री जयनारायण प्रसाद यादव, पुर्व कन्द्रिय सदस्य बृजलाल प्रसाद यादव अतिथिहरु राजेश गिरी, राजेश्वर राय यादव, कलावती पासवान, मेघा शाही ठकुरी, नारायण रायमाझी रहेका थिए ।
यसैगरी अमिरी पाल, भैया राम यादव, क्षेत्रिय उपसभापति तथा प्रदेश (ख) सभापति लोकेश सिंह राजेश रौनियार, शोभा लामा, शिव जी मण्डल, गोपाल प्रसाद राम प्रसाद साह, महाअधिवेशनका प्रतिनिधिहरु, जिल्ला तथा क्षेत्रिय कार्य समितिका सदस्यहरु लगायत कार्यकर्ता, बुद्धिजिवी, युवा, जनसमुदायको उपस्थिति रहेका छन् ।
पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा बारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि क्षेत्रिय तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका के.सी.ले जानकारी दिनुभयो ।

वक्ताहरुले एक अर्काको आरोप प्रत्यारोप मै देश सिमित रही भ्रष्टारमा डुबेको छ । तल देखि माथि सम्म हचुवाको भरमा बिभेद पुर्ण काम भैरहेको छ । माथिबाट सेटिङ्ग गरिएका गठबन्धनलाई कदापी मान्य नहुने गुप्ताले बताउनु भयो ।






