चोरीको विभिन्न घटनामा संगलन मानिस पक्राउ

जिल्ला प्रहरी कार्यालय बारा कलैयाले एक पत्रकार समेलनको आयोजना गरी ५० लाख बराबरको खानेतेल चोरी गरि बिक्री बितरणमा संलग्न ४ जनालाई पक्राउ गरी सार्बजनिक गरिएको छ ।
प्राप्त समाचार अनुसार बाराको परवानीपुरबाट मिति २०७९÷०६÷२८ गते बेलुकी करिब पवने ५ बजेको समयमा मनोकामना आयल फुड प्रोसेसिङ्ग प्रा. लि. बहुअरीबाट प्रसोधित तेल १ लिटरको १४,५६० किलोग्राम र आधा लिटरको पाउच ५,९१५ किलो ग्राम प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरि अंजनी कैरियर वीरगंज पर्सा मार्फत सिन्धुली जिल्ला स्थित रोबिन सप्लायर्स प्रा.लि.कमलामाईमा पुरयाउनको लागी जिल्ला नुवाकोट शिवपुरी गाउंपालिका वडानं. १ बस्ने चालक सुकमान तामाङ्गले लगेकोमा उक्त प्रसोधित तेल सम्बन्धित प्रा.लि.मा नपुरयाई ट्रक सहित चालक समेत सम्पर्क बिहिन भई बेपता भएको सो ट्रकमा लोड भएको खानेतेल खोजतलास गरिएको छ ।

खोजतलासको क्रममा पक्राउ पर्नेमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिकाका वडा नंं–१ घर भई काठमाण्डौ बस्ने वर्ष ४३ सुकमान तामाङ्ग । जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.–६ घर भई हाल ऐ. गौर नगरपालिका वडा नं.–१ बस्ने सुरेन्द्र साह कलवारको छोरा वर्ष ३८ को रमेश कुमार जिल्ला रौतहट बृन्दावन नगरपालिका वडा नं.–६ हर्साहा वस्ने शेख मोरसलिमको छोरा वर्ष ३८ को शेख कलाम जिल्ला रौतहट बृन्दावन नगरपालिका वडा नं.–८ वस्ने दुखा साह तेलीको छोरा वर्ष ४६ को बैधनाथ साह तेलीलाई सार्बजनिक गरिएको छ ।
त्य¬स्तै मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरी सार्बजनिक गरिएको छ । बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गरिएका ब्यक्ति पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं. ८ बस्ने कमरुल हक अंसारीको छोरा बर्ष २२ को सोहेल अंसारी कलैया उपमहानगरपालिका वडा नं. ३ बैंजनाथपुर बस्ने बै पर्नेमा कलैया उपमहानगरपालिका वडा नं. ८ बस्ने कमरुल हक अंसारीको छोरा बर्ष २२ को सोहेल अंसारी जिल्ला बारा बारागढी गाउँपालिका वडा नं.–४ बस्ने वर्ष २४ को रामकिशोर हजरा लाई सार्वजनी गरिएको छ ।
त्यसतै विभिन्न मिति र समयमा यस कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल भित्राएको अं. मूल्य रु. ५,००,०००÷– बराबरको अवैध पटाका बरामद गरी नष्ट गरिएको छ ।






