प्रतिबन्धित भारतीय नोट सहित एक जना पक्राउ

वीरगंज । पर्साबाट खटिएका प्रहरी जवान नियमित चेक जांचको क्रममा प्रहरी चौकी ईनर्वाले करीब ५ बजेको समयमा प्रतिबन्धित भारतीय नोट सहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला निवासी वीरगञ्ज महानगरपालिका वडा नं.१ छपकैया बस्ने वर्ष २१ को जटाशंकर साह सोनार रहेका छन ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमितरूपमा चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू. ५०० दरको नोट २०० थान रू. १,००,०००।– ( एक लाख ) फेला परेको हुँदा उल्लेखित रुपैया बरामद तथा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयका पर्साका प्रवक्ता दिपक गिरीले बताउन’ भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close