सरसफाई कार्यमा स्थानिय युवाहरु ब्यस्थ

आश महमद मियाँ
लोक अस्थाको महापर्ब छठ पुजाको अवसरमा स्थानिय नव युवाहरुले गाउँका सडक पेटी फोहोर टिपी सरसफाई कार्यमा ब्यस्थ देखिन्थे ।

पोखराको ड्रिलमा छटघाटलाई पण्डालको मण्डप बनाई झिलिमिलि बती बाली दुलही जस्तै सजाईको स्थानमा जान भक्तजनहरुको लागी स्थानिय प्रसौनी गाउँपालिका वडा नं–३ नौतनका नव युवाहरुले भक्तजनहरुको सुबिधाको लागी गाउँको बाटो घाटोमा रहेकोे फोहोरलाई टिपी सफासुग्घर बनाई चुना छर्दै वेलकम लेखिरहेका थिए ।

सो कार्यमा सहभागी नव युवकहरु अशोक महतो, कृष्ण गुप्ता, रबिन्द्र गुप्ता, आनन्द गुप्ता, संदिप गुप्ता, आलोक गुप्ता, दिपक लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस






