कृषि प्रधान देशमा कृषकको बिजोग

आश महमद

बाराको प्रसौनी गाउंपालिका वडा नं.–३ नौतनमा बिगत २ बर्ष अगाडी केन्द्रय मार्फत रु. १०००००००।– करौडोको लागतबाट डिप ट्यूवेल जडान गरियो । डिप ट्यूवेल बोरिङ्ग गरि खेत खेतमा पाइप लाईन बिछयाई कलभट समेत बनाइयो । बिद्युत लाईनको टा«न्सफमर जडान गरियो । मिटरको पहल गर्दा गर्दै ट्रान्सफमर नै चोरी भयो ।

त्यस पश्चताप कृषक तथा गाउंका अगुवाहरुले बिधिन्न निकाय समेत पटक पटक पहल गरिरहदा हाल सम्म केही हुन सकेको छैन । किसानले आफना १०० कडो विगाहा खेतमा लगाएका गेहु बालीमा पानी हाल्न नसकी बिचलित भएका छन ।किसान बिहान बेलुका खेत नदिको मुहानमा गई के हुने हो चिन्तित भएका छन । समितिका अध्यक्ष, वडा अध्यक्ष, पालिका अध्यक्ष, सिंचाई बिभाग काडमाण्डौलाई पटक पटक ताकाता गर्दा पनि आश्वासनमा मात्र सिमित रहेको स्थानियको गुनासो छ । ¬¬¬¬किसान प्रति सम्बन्धित निकायको समयमा ध्यान नदिदा किसानहरुलाई हरि बिजोग भएको छ ।  सम्बन्धित निकायको समयमा ध्यान पुगोस र किसानलाई आत्म निर्भर बन्न रोजगार पाइयो ।एकदलिय सासनको बेला नेपालबाट अन्य मुलुकमा खाद्यान्न गएको इतिहास नै छ तर बहुदलिय प्रजातन्त्र आएको बेला किसानहरुलाई हरि बिजोग भएको छ । देशको कलकरखाना औधोगिक क्षेत्र बन्द भै देश नै आर्थिक मन्दीबाट गुजरिरहेको छ । यहाँका होनहार युवा जनशक्ति दिन प्रतिदिन बिदेश पलायन भैरहेका छन । सरकार मुख दर्शक भएको छ ।

तल देखि माथि सम्मका कर्मचारी, पदाधिकारी, नेता भष्ट्रचारमा मुछिइका छन । यो देशलाई चाहिने देश भक्त नेता कहिले उदाउने हो चर्चाको बिषय बनेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close