निजी बिद्यालय, होजियरीको मनोपरी सम्बन्धित निकाय मुकदर्शक

विधानले माध्यमिक तह (कक्षा १२) सम्म शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । तर विद्यायहरुको मनोपरी शुल्क बढदा पनि महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, लगायत सम्बन्धित निकाय मुखदर्शक भई मौन किन छन त ? कि उनिहरुलाई पनि कमिशन पाउँछ ? भनि सचेत नागरिकहरुले आशंका व्यक्त गर्न थालेका छन् ।
वीरगंजको जिल्ला प्रशासन कार्यालय नजिकै रहेको राज होजियारीले पर्साका अधिकांश र बारा जिल्लाका केही विद्यालयहरुको लागि आवश्यक पर्ने युनिफर्मको ठेक्का लिएर बजार मुल्यभन्दा बढी मूल्यमा बेचिरहेका छन ।
स्कुलसंग भएको सेटिङ्गमा किताबको लिष्ट नदि पसलेको भिजिटिङ्ग कार्ड दिई पठाईरहेका छन । किताब कापी, टाई, बेल्ट, युनिफर्म बाहिरको भन्दा बढी मूल्य तिरी किनु परिरहको छ भनी वीरगंज भिस्वा निवासी अभिभावक रामजी सिंहले गुनासो गरे यस्तै अर्का अभिभावक वीरगंज–१० बस्ने सुमन साहले आफनो गुनासो पोख्नु भयो । यो गुनासोलाई वीरगंज मुर्लीमा रहेको एक विद्यालयका सञ्चालकले पनि स्वीकारेका छन ।
यस कमजोरीको फाइदा उठाउँदै निजी विद्यालयका सञ्चालकहरुले किताब र युनिफर्मको लागि ठेक्का दिएर सर्वसाधारण अभिभावकहरुलाई ठग्ने गरेको गुनासो बढन थालेको छ ।
राज होजियारीका सञ्चालक राज साहले शैक्षिक शत्र सुरु हुनु भन्दा पहिलानै केही स्टाफहरु राखी स्कूल–स्कूलमा पठाई स्कूलहरुलाई बढी कमिशन दिने भन्दै ठेक्का जस्तै सकार गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।
हुन त वीरगंजमा थुप्रै होजियारीहरु छन् तर राज होजियारीले निजि स्कूलहरुलाई बढी कमिशन दिएकै कारण कमिशनको लोभमा स्कूलहरुले उसैलाई ठेक्का दिने गरेको वीरगंज मुर्लीमा रहेको एक विद्यालयका सञ्चालकले बताए । राजले कमिशन पनि किन नदेओस, राजले अभिभावकहरु सँग अन्य होजियारी भन्दा बढी दररेटमा सामानहरु बेंच्ने गरेको अभिभावकहरुको भनाई रहेको छ ।
यसता कमिशनको कृयाकलापलार्इृ निजी विद्यालयको मनोपरी रोक्ने तर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पहल गरेको छैन । शिक्षा व्यवस्थापनको अधिकार पाएको स्थानीय सरकारका प्रमुखहरूले पनि यस्ता बेथिति नियन्त्रण गर्ने तर्फ रुचि देखाएका छैनन् ।
यसता मनोपरी कृयाकलाप हटाउन सम्बन्धित निकायले स्कुलको ग्रेड अनुसारको युनिफर्म, किताब, कापी लगायत आवश्यक पर्ने अन्य सामग्रीहरु आफु माझ रहेको अधिकार लागु गर्नु पर्ने अवस्था देखिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close