पर्साको कालिकामाईमा गोली चल्यो, बालक घाईते

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा गोली चलेको छ । गाउँपालिकाको बिरञ्चिवरवामा आपँको विषयमा विवाद हुदाँ एयर गन चलेको जनाईएको छ ।
स्थानिय प्रत्यक्षदर्शीले गोली लागेर एकजना बालक घाईते भएको भने पनि घटना विषयमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।
उक्त स्थानमा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको टोली परिचालन गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






