गण्तन्त्र दिवसको अवसरमा प्रसौनीमा बृक्षारोपण कार्यक्रम सम्पन्न

बारा ।
बाराको प्रसौनी गाउँपालिकाले १६ औं गण्तन्त्र दिवस २०८१ को अवसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
प्रसौनी गाउँपालिका र डिभिजन वन कार्यालय बाराको संयुक्त आयोजना तथा जिल्ला प्रशासन कार्यालय बारा र प्रसौनी बहुप्राविधिक शिक्षालय बाराको सहयोगमा गाउँपालिकाको दुधौरा नदी संगै रहेको प्रसौनी बहुप्राबिधिक शिक्षालय निर्माणधिन भवनको प्राङ्गणमा वृक्षारोपण गरिएको थियो ।


गाउँपालिका अध्यक्ष बिनोद जैसवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साह, बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सषिधर घिमिरे, पालिका उपाध्यक्ष किरण देवी साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडका, अतिथिहरु डिभिजन वन कार्यालय बारा प्रमुख बिनोद सिंह, सुदिश रामभट जन प्रतिनिधिहरु, अन्य अतिथि गण, खेलाडी, कर्मचारी, सुरक्षाकर्मी संचारकर्मी लगायत स्थानियको सहभागिता रहेका थिए ।


प्रसौनी गाउँपालिकाले १६ औं गण्तन्त्र दिवसको अवसरमा बृक्षारोपण गरी यस पालिकालाई नमुना पालिका बनाउने कार्यमा लागी परेको जनाईएको छ । बृक्षा रोपनले वातावरण स्वच्छ हुने र स्वस्थ्यको लागि लाभदायी हुने जनाईएको छ । बाढी पहिरोले बचाउछ, चराचुरुन्गी बसोबास गर्छ । हराभरा ठाउ हुन्छ ।


यस पालिकाका बिजेता खेलाडीहरुको मनोबल बढाउनका लागि सम्मान गरिएको थियो । कार्यक्रम संचालक स्वास्थ शाखा प्रमुख डा. सुरेश साह सन्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close