उम्मेदवारी दर्ता गर्न रौतहटमा माधव नेपाल

रौतहट : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि आज रौतहट क्षेत्र नं-१ बाट उम्मेदवारी दर्ता गराउन लागेका छ्न्। आइतबार दिउँसो २ बजे उनले रौतहटको सदरमुकाम गौरमा रहेको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन लागेको एकीकृत समाजवादी प्रेस संगठन रौतहटका अध्यक्ष दिनेश संगमले जानकारी दिएका छ्न्।

अध्यक्ष नेपाल उम्मेदवारी दर्ता गराउन शनिबार नै रौतहट आइपुगेका हुन्।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close