श्री ने० रा० नि० मा० बिद्यालयलाई शिक्षामा उत्कृष्ट बनाउने

आश महमद मियाँ
अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन पराउदैन् । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास नै उठीसकेको अवस्था छ । प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट नै सरकारी विद्यालयको कमजोर नतिजाप्रति टिप्पणी गरेका थिए ।
यसै बेला गुणस्तरिय शिक्षा नाराका साथ बिद्यालयका बालबालिका शिक्षक, शिक्षिका नौतन गाउँमा अभिभावकहरुको भेटघाट तिब्रता देखिन्छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयमा कक्षा नर्सरी देखि नै अग्रेजी माध्यमबाट पठन पाठन सुरु भएको छ ।

नयाँ शैक्षिक सत्र २०८२ सालदेखि आफनै गाउँको स्कुलमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेपछि सामुदायिक विद्यालयमा बालबालिकाहरुको चाप बढने आशा बिश्वास गरिएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेपछि अभिभावकहरु खुसी भएका छन र बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने गरेका छन ।

भौतिक संरचनाको बिकासले पनि तीब्रता पाउदै छ स्रोत–साधन र व्यवस्थापकीय दृष्टिकोणले भवन निर्माण ब्यवस्थापन खेलकुद मैदान समेत ब्यवस्थित गरिने कार्य योजना रहेको मात्र होइन अरू सामुदायिक विद्यालयको नतिजाका हिसाबले पनि शिक्षामा उत्कृष्ट बनाउने कार्य योजना रहेको छ । जनजाति, दलित समुदायका बालबालिकाहरु छात्रबृद्धि, अन्य सुबिधामा प्राथमिकतामा रहेका प्राधानाध्यापक प्रेम चन्द्र साह बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close