फोहोर व्यवस्थापन गर्न महानगरको पहिलो प्रार्थमिकता
आशमहम्द,
नेपाल सरकारको नियम कानुन अनुसार आफ्नो गाउं शहर पालिकाको फोहोर ब्यवस्थापन गरी सफा, सुग्घर बिकासको जिम्मा पालिकालाई दिइएका छ ।

त्यसै अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह तथा सरसफाई प्रमुख सर्फुदिन मियाँले आफ्ना नगरको सरसफाई, हराभराको लागी दिन रात समय दिई खटिरहेका छन । यस पालिकामा सरसफाईको अभियान नै चलाई फोहोरलाई व्यवस्थापन गर्न पहिलो प्रार्थमिकता दिएका छन । नगर बासीलाई साइरन सहितको फोहोरको गाडी घुमिरहेको छ भने पत्रपत्रिका, रेडियो टि.भी.,एफ.एम मार्फत संदेश गराई रहेका छन ।

त्यसको लागी टोल टोलमा साइरन सहित फोहोरको गाडी घुमिरहेको छ भने ठाउं ठाउंमा रहेको पानीको नाला नथुनियोस निकासकालाई सरसफाई गराइरहेका छन । यसबाट हुने फोहोरका कारण दुर्गन्धित भइ जन स्वास्थ्यमा असर, संक्रमण फैलिन नदिन न्यूनिकरण गरी बाताबरणमा प्रतिकुल असर नपरोस भनी पालिका भित्रको फोहोर ब्यवस्थापन गर्नका लागी आफना पालिका नगरबासी जनप्रतिनिधिसंग समन्वय गरी निस्केको फोहोरलाई समय, स्थान समेत सूचित गरीएको छ । यस पश्चताप पनि नियम कानुनको पालना बिपरित कृयाकलाप गरेको संघ, संस्था, पसललेलाई जरिबाना सहित कार्वाही गरिएका छ ।
त्यसतै माईस्थान मोहन मार्केट पछाडी नाला सरसफाई गर्ने क्रममा मजदुरहरुले हामी आफनो जिव ज्यानको परवाह नगरी आठ घण्टा खटिनु पर्ने ठाउंमा दश घण्टा खटिरहेका छौ काम गर्दाको समयमा हात, खुटा पनि काटिन्छ । तर पालिकाले हामीलाई कुनै किसिमको सुबिधा नदिएको गुनासो गर्नु भयो ।






