वडा नम्बर २६ मा वडा अध्यक्षमा पुन मिश्रा निर्वाचित

वीरगन्ज वीरगन्ज महानगरपालिका वडा नम्बर २६ मा काँग्रेसका उम्मेदवार शम्भु मिश्रा पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार हिरा मियालाइ ४५८ मतको फराकिलो अन्तरले पराजित गर्दै मिश्रा वडाअध्यक्षमा दोश्रो कार्याकालका लागि निर्वाचित भएका हुन् ।

मिश्राले १०६६ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एसका उम्मेदवार हिराले भने ४९८ मत मात्रै पाएका छन् । एमालेका खुर्रम आलमले भने ४५० र जसपाका ग्यासुदिन मियाले २३३ मत पाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close