नौतनमा निःशुल्क आखा शिविर संचालन

आश महमद मियाँ

बारा, प्रसौनी गाउँपालिका वडा नं.–३ नौतन गाउँमा आज निःशुल्क आखा शिविरको आयोजना गरिएको छ ।

माट्रिका आई फाउण्डेशन पानीटंकी वीरगंज द्धारा प्राबिधिक रिमा यादव, मनोज पटेल र इन्द्र सिंह भामीको टिमले नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार रामप्रसाद साहको सहकार्यमा निःशुल्क आखा शिविरको आयोजना गरिएको हो ।


यस शिविरमा आँखा स्वास्थ्य परीक्षण परामर्श सेवा लगायत आवश्यका अनुसार सर्ब सधारणलाई निशुल्क औषधी बितरण गरिएको छ ।
खास गरी गाउँका सर्बसधारण आर्थिक रुपमा कमजोर निमुखा, पहुच नभएका जनताहरुको लागी परीक्षण तथा शल्यक्रिया सरल र सुलभ होस भनी संचालन गरिएको छ । शिविरमा ११० जना चेक जाँच उपचार गराएका थिए जस मध्ये मोतिया बिन्दुका ३० जना रहेकोमा प्राबिधि इन्द्र सिंह धामीले जानकारी गराए ।

यस शिविरले समुदायमा लाग्ने बिभिन्न आँखा सम्बन्धि रोगको पहिचान समयमा उपचार शल्यक्रिया तथा जनचेताना अभिवृद्धि गर्नृ उदेश्यले निःशुलक संचालन गरिएको रामप्रसाद साहले बताए ।

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close