कृषकहरुलाई बिषादी रहित तीन दिने कृषि तालिम

कृषि सम्बन्धी कृषकहरुलाई बिषादी रहित तीन दिने कृषि तालिम कार्यक्रम शुभारम्भ भएको छ ।
प्रसौनी गाउंपालिकाको सहयोग तथा तराई डेभलपमेन्ट फाउण्डेशन नेपालको आयोजनामा वडा नं.–२ टोल गोइठही बोर्डिङ्ग स्कुलको सभा हलमा तालिमलाई वडा नं.–२ का वडा सदस्य, महिला वडा सदस्य, वडाअध्यक्ष हृदय नारायण साहले रिबन काटी शुभारम्भ गर्नुृ भयो ।
स्थानिय १५० जना कृषक,महिलाहरुलाई तीन दिने कृषि तालिमका प्रशिक्षक मेघनाथ दुबे र राकेश यादवले दिइने भएका छन ।
सो तालिमको उदेश्यबारे बिभिन्न तरिकाबाट फल फुल, तरकारी आलु, प्याज लगायत अन्य साग सब्जीहरु बिना बिषादी रहित खेती गर्न सलाह सुझाव दिइन्छ । बिषादी रहित फल फुल, आलु, प्याज, तरकारी साग सब्जी जस्ता खानुले मानिसको मानसिक शारिरिक बिकास, निरोग्य र स्वस्थय रही आयु लम्बिने छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






