जसपा अध्यक्ष यादवको जिल्लामा अन्योल

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको जिल्लामा उम्मेदवारी सम्बन्धी अन्योल यथावत रहेको छ । जसपा अध्यक्ष यादवले बढी सिट पाउने आसमा पाँच दलीय गठबन्धनलाई छाडेर एमालेसंग चुनावी गठबन्धन गरे पनि उनकै जिल्लामा भने उम्मेदवारको अन्तिम निर्णय हुन सकेको छैन् । जसपा अध्यक्ष यादव आफै कुन क्षेत्रवाट लड्ने सम्वन्धमा अन्तिम निर्णय लिन नसकेको अवस्था छ ।

निर्वाचन आयोगले आइतवार विहान १० बजे देखि बेलुका ५ बजे सम्म मनोनयनका लागि समय निर्धारण गरे पनि जसपा अध्यक्ष यादवले आफ्नै उम्मेदवारीको टुङ्गो लगाउन सकेका छैनन् । हुनत जसपा र एमालेबीच ५२ सिटमा तालमेल भएको छ । जसमा एमालेलाई ३५ र जसपाले १७ सिट पाएको छ । सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ वाट मधेश प्रदेशका मन्त्री नवलकिशोर साह, २ वाट जसपा अध्यक्ष उपेन्द्र यादव र ४ मा मध्यरात सम्म निश्चित हुन सकेको छैन् तर, पार्टीका प्रवक्ता मनिष सुमनले साह र यादवको नाम समेत पुष्टि गरेका छैनन् ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवका छोरा सुभाष यादवको नामसमेत निश्चित हुन सकेको छैन् । पार्टीका प्रवक्ता सुमनले मात्रै सप्तरीको ३ को (ख) बाट विन्देश्वर (वीकी) यादवको नाम पुष्टि गरेका छन् । त्यस्तै, सिरहा निर्वाचन क्षेत्र नम्वर ४ वाट गत प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राजकिशोर यादवलाई निर्वाचन क्षेत्र नम्वर २ मा पठाइएको छ भने निर्वाचन क्षेत्र नम्वर ४ मा एमाले नेता रघुवीर महासेठका सालो तथा जुली महतोका भाइ वीरेन्द्र महतोलाई प्रतिनिधि सभाको उम्मेदवार जसपाले बनाएको छ ।

त्यस्तै सिरहा निर्वाचन क्षेत्र नम्वर २ को (क)वाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवलाई उम्मेदवार बनाइएको छ भने ३ को (ख)वाट रेणु यादवलाई उम्मेदवार चयन गरिएको छ । सिरहा निर्वाचन क्षेत्र नम्वर ४ को (ख)बाट सुरेश मण्डलको नाम निश्चित भएको छ । त्यस्तै, धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा एमालेका प्रभावशाली मानिने एमालेका प्रदेश कमिटी सदस्य डा. संजीव यादव आइतवार एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने र ४ को (क)बाट कांग्रेसले उम्मेदवार बनाउने भएको छ । त्यस्तै सर्लाही ४ मा लोसपाबाट शनिवारनै जसपामा प्रवेश गरेका राकेश मिश्रले पनि शनिवारनै आफ् ना सिट सुरक्षित गरेका छन् । उनले सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्ने भएको छ ।

त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नम्वर २ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र गठबन्धनका उम्मेदवार महेन्द्र राय यादव उम्मेदवारी दिने भएको छ । राजेन्द्र महतोको नाम धनुषा ३ बाट शनिवार चर्चामा रहे पनि उनी सर्लाही २ बाटनै उम्मेदवारी दिने भएका छन् । हुनत त्यो क्षेत्र माओवादी केन्द्रको चुनाव चिन्ह् लिएर चुनावी मैदानमा आएका बाबुराम भट्टराई नेतृत्व पार्टीका नेता महेन्द्र राय यादवको लागि सुरक्षित गरिएको थियो । तर, पाँच दलीय गठबन्धनमा सहभागी भए पनि महतो पनि त्यसै क्षेत्रवाट मित्रवत प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ मा कांग्रेसले आफ्नो उम्मेदवार किरण यादवलाई व्याक गर्ने भएको छ । त्यो क्षेत्र लोसपालाई दिएपछि कांग्रेसले यादवलाई व्याक गर्ने भएको छ । भण्डारी गत निर्वाचनमा पनि त्यसै क्षेत्रबाट बिजयी भएका थिए । त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ बाट कांग्रेसले अमरेश सिंहलाई उम्मेदवार नवनाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लड्ने जनाएको छ । सर्लाही ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचन लड्ने भएका छन् । उनी निरन्तर निर्वाचित हुँदै आएको काठमाण्डु ४ छाडेर सर्लाही ४ वाट चुनावी मैदानमा आउँदैछ र उनको विरुद्धमा अमरेश सिंह निर्वाचन लड्ने भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close