मटिअर्वा नाकामा भारतीय एसएसबीको कुटाइबाट एक नेपाली नागरिक घाइते

बारा – भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) को कुटाइबाट बारामा एक नेपाली नागरिक घाइते भएका छन् ।

जिल्लाको मटिअर्वा नाकामा एसएसबीको कुटाइबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी सजिल मियाँ घाइते भएका हुन् ।

सोही नाका हुँदै भारतको आदापुरमा बिहेको सामान खरिद गर्न जान लागेका मियाँलाई नाकामा खटिएका भारतीय सुरक्षाकर्मीको टोलीले निर्घात कुटपिट गरेको हो ।

कुटपिटबाट घाइते मियाँको अहिले कलैयामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैबीच भारतीय एसएसबीको ज्यादतीको बिरोधमा स्थानीयले भारतीय प्रहरीको गाडी तोडफोड गरिदिएका छन् ।

ज्यादतीको बिरोधमा उत्रिएका स्थानीयले नाकामा प्रदर्शन गर्दै कुटपिटमा संलग्न सुरक्षाकर्मीलाई कारवाहीको माग गरेका छन् ।

अहिले घटनास्थलमा दुबै देशका सुरक्षाकर्मी तैनाथ रहेको र स्थानीयको प्रदर्शन साम्य पार्ने प्रयास भइरहेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close