नवदिप एकेडेमीद्वारा वृक्षरोपण

अकबर हवारी
वीरगञ्ज । नवदिप एकेडेमी स्कुलद्वारा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा स्कुलले स्कुल परिषर भित्र वृक्षरोपण गरेको छ । आँप, अम्बा, पपीस्ता लगायत विभिन्न प्रजातिका सयवटा बोट विरुवा रोपिएको स्कुलले जनाएको छ ।
स्कुलको प्रधानध्यापक शुसीला साहले प्रकृतिसँग मेलमिलापमा दिगो रुपमा बाँच्ने आवश्यकता, नीतिहरु र व्यक्तिगत छनोटहरु दुबै मार्फत हरियाली जीवनशैलीमा असर पार्ने भएकोले वृक्षरोपण अत्यनत महतवपुर्ण रहेको बताइन् ।
वृक्षरोपण कार्यक्रमा स्कुलका कतिपय छात्र, छात्राहरु विश्व वातावरण दिवसको अवसरमा आ–आफ्ना घरबाट विभिन्न किसिमका फुलका बोट विरुवा लियाएका थिए । वृक्षरोपण कार्यक्रमा स्कुलका शिक्षक, शिक्षिका, छात्र, छात्रा लगायत स्कुलका अन्य कर्मचारीहरु को उपस्थिती रहको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस






