प्रसौनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गेहु बिउ बितरण

आश महमद मिया ।

बारा । जनताले जस्तो चाहेको अध्यक्ष पाएकोमा स्थानियमा हर्षोलास छाएको देखिन्छ । प्रसौनी गाउँपालिको अध्यक्ष बिनोद जैसवालले आफना पालिकामा रहेको जनताको जन चाहना भावना अनुरुप बेला बखतमा बिभिन्न क्षेत्रमा बिभिन्न कार्य योजना ल्याइ जनताको मन जितन सफल हुनु भएको छ ।

पालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा रहेको गेहुको बीउ बिजन बितरण गरिरहेको छ । यस पालिकामा रहेको ७ वटा वडाका कृषकको मांग अनुसार सो बीउ बिजन पालिकामा रहेका कृषकहरु मध्ये ४५५ जनाले यस बिउको लागि आवेदन दिएका थिए । सो अनुपातमा ७२७ बोरा २९०.८० किलो पालिकाले १०७५०००÷– हजारको लागतमा बिजय, एन एल ९७१ र गौतम गरि तीन जाति गेहुको बीउ बिजन उपलब्ध रहेको कृषि प्रमुख रूप नारायण महतो तथा कृषि अधिकृत सुनिल महतोले बताउनु भयो ।

कृषि समिति प्रमुख प्रसाशकिय अधिकृत सुमित कुमार सिंह उपाध्यक्ष किरण देबि साह वडा अध्यक्ष हृदय नारायण साह, वडा अध्यक्ष याकुब अन्सारी वडा सदस्य चिन्ता देबि गरि ५ सदस्यीय समिति रहेको छ ।

प्रती कठा ४ किलो प्रती किलो ३७.०० रुपैयाको दरले बितरण भैरहेको छ । आफुले सकेसम्म आफ्ना पालिकाका कृषकहरूलाई समय्मा बीउ बिजन मल खाद्य सरल र सुलभ, किट्नासक उपलब्ध गराउने अध्यक्ष जैसवालले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close