प्रसौनी गाउंपालिका द्वारा निर्बमान जनप्रतिनिधिहरुलाई विदाई तथा सम्मान कार्यक्रम

बारा । प्रसौनी गाउंपालिका द्वारा निर्बमान जनप्रतिनिधिहरुलाई विदाई तथा सम्मान गरिएको छ ।गाउँपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी कर्मचारी र जनप्रतिनिधि साढे ४ बर्ष सम्म हातेमालो गरी संंगै काम गरेकोमा मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान पत्रका साथ विदाइ गरिएको हो ।

सो कार्यक्रमका अध्यक्ष प्रसौनी गाउंपालिका प्रमुख प्रसासकिय अधिकृत सुनिल प्रसाद केसरी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल निर्बतमान अध्यक्ष भोला प्रसाद गुप्ता उपाध्यक्ष गीता साह सशस्त्र प्रहरी निरिक्षक बिश्मभर राम लेखापाल प्रेमबाबु पटेल सातै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
सम्मान तथा विदाई कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ता तथा प्र. अ. केसरीले सेवामा रहदा दलगत सेवाग्राहीको काम काजमा केही कमी कमजोरी भए होला त्यसलाई यही बिर्सेर जानु र फेरी तपाईहरु कै आगमन हुने आशा व्यक्तत गरेका थिए ।
चुनाव शान्ति पुर्ण निष्पक्ष र भै रहित बनाउन भन्दै जनता हाम्रा र राम्रा हुन प्रमुख जिल्ला अधिकारी कार्यक्रम संचालन स्वास्थ्य प्रमुख डा. सुरेश साहले गरेका थिए ।






