भ्रष्टाचारीलाई कुनै बहानामा उन्मुक्ति दिनु हुदैन : मन्त्री रिजाल

वीरगंज । नेपाल प्रेस युनियन पर्साको १० ओैं जिल्ला अधिवेशन सोमबार वीरगंजको क्लाशिक बैंकट हलमा प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मा.मन्त्री रिजालले बन्द रहेको वीरगन्ज चिनी कारखाना सहित सरकारका मातहत रहेका बिधिन्न उद्योगहरु पुन संचालनका लागि सरकारले गृहकार्य गरिरहेको बताउनु भयो ।

नक्कली भुटानी शरणार्थी प्रकरण बारे बोल्दै रिजालले एमालेकै सरकारका पाला देखि यो भ्रष्टाचार प्रकरण सुरु भएको भने राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए । टोपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए सबैलाई थाहा छ ।

प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र प्रदेशसभा श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठनका जिल्ला निवर्तमान अध्यक्ष मनोज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गौतम लगायतले पनि सम्बोधन गरेका थिए ।






