नौतनमा भव्य रुपमा महावीरी झण्डा मेल सम्पन्न

बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा प्रतेक बर्ष झै यस वर्ष पनि श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न भएको छ ।
मेला अध्यक्ष छोटेलाल साह कानुको अध्यक्षतामा भएको सो मेलाको उद्घाटन प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालले गरेका थिए । मेलाको उदघाटन गर्दै अध्यक्ष जैसवालले मेलालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गराउन सम्पूर्ण पालिकावासीहरुमा आग्रह गरेका थिए ।
सो मेला उद्घाटन शत्रको विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंह पालिका उपाध्यक्ष किरण साह, क्षेत्रिय सभापति सुनिल गुप्ता कलवार, वडा अध्यक्षहरु याकुब अन्सारी, हृदय नारायण साह, नेता प्यासी कुशवाहा तेजनाथ पटेल विश्वनाथ साह, राझरण साह, सदस्यहरु राजेश गुप्ता, सर्युग दास, अमल यादव, दिपक साह, किरण गुप्ता सन्तोष गुप्ता, पुजा यादव, प्रमानन्द पटेल, पन्नालाल यादव, लक्ष्मि ठाकुर, जलेश्वर साह, बिक्रम यादव सञ्चारकर्मी आसमहम्मद मिया, अजय चौरसिया, राजु चौरसिया, मोहन लाल सुरक्षाकर्मी दर्शनार्थीहरु लगायतको सहभागीता रहेको थियो ।
यस कार्यक्रम संचालक युवा जेहेन्दार जय प्रकाश गुप्ताले सहजीकरण गरेका थिए । कार्यक्रम पछि कुस्ती सुरु भएको थियो । कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका ख्याती प्राप्त महिला तथा पुरुष पहलमानहरुले कुश्ती खेलेको भुमिका देखेर भरपुर दर्शनार्थीहरु मनोरंजन लिएका थिए । मेलामा विभिन्न किसिमका झुलाले, नाच जस्तै झनै मनोरञ्जनात्मक बनाएको थियो ।