गर्मीले बाराको जनजीवन प्रभावित

बारा : प्रचण्ड गर्मीका कारण बाराको जनजीवन प्रभावित भएको छ। एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो।
तापक्रम बढेसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ।
गर्मीका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।
गर्मीका कारण अभिवावक र छात्र, छात्रालाई बिद्यालय जान र आउन समेत प्रभावित भएका छन् ।
गर्मीका कारण कार्यालयका कर्मचारी र मजदुर समेत प्रभावित भएका छन् । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

यहा का बासिन्दाले गर्मीयाममा प्रायः काक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्छन् । बारा सदरमुकाम कलैया, जितपुरसिमरा लगायत बजारका होटल तथा चोकचोकमा चिसो पेय पदार्थको व्यापार गर्नेको संख्या पनि बाक्लै देखिन थालेको हो।
वैशाखको अन्तिम सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको चिकित्सक बताउँछन् ।
प्रचण्ड गर्मीका कारण बाराका पानीका मुहानसमेत सुक्न थालेका छन् । जिल्लाको जितपुरसिमरामास्थित सिमराको पानीको मुहान सुकेको स्थानीय बासिन्दाले बताएका छन् ।







