विपद् व्यवस्थापन सम्पबन्धि गोष्ठी सम्पन्न

पर्सा, १९ मंसिर ।
विपद् व्यवस्थापन, वातावरण तथा जलवायू अनुकुल विकासमा नेपाली युवा परियोजना अन्तर्गत प्रसौनी गाउपालिकामा आइतबार गोष्ठी सम्पन्न गरेका छन् ।

युथ इनोभेशन ल्याबको सहकार्यमा स्थानिय विपद् तथा जलवायू उत्थानशील योजना अन्र्तगत प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा उपाध्यक्ष किरण देवी, प्रमुख वडा अध्यक्षहरु, प्रशासकिय अधिकृत उदयशंकर प्रसाद चौधरी तथा पालिकाको कर्मचारी, सुरक्षा निकाय र शैक्षिक संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
विपद् पोर्टलले सरल र सजिलो माध्यमबाट विपद् व्यवस्थापन गर्नको लागि सहभागिहरुले समुहगत रुपमा अकस्मात आइ परेको समस्या तथा सहयोग गर्नुपर्ने सबैको साझा धारण रहेको थियो । युथ इनोभेशन लैब काठमाण्डौंको गोमा कार्की, आवास पौडेल र एलिना खतिवडाले सहभागि सबैलाई प्रशिक्षण दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close