वडाध्यक्षको पदस्थापन कार्यक्रममा झडप

बारा – बाराकोजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का निर्वाचित वडाध्यक्षको पदस्थापन कार्यक्रममा झडप भएको छ ।

भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित वडाध्यक्ष रसुल मियाँसहितका पदाधिकारीले बिहीबार पदस्थापन गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमकै बीच स्थानीयको केही समूहले पदस्थापन विथोल्दै झडप गरेको निर्वाचित अध्यक्ष मियाँले बताए ।
भडपमा परि प्रहरीसहित केही सर्वसाधारण घाइते भएका छन् ।

वडा अध्यक्ष मियाँका अनुसार वडा कार्यलयको दक्षिणपट्टि रहेको बस्डिलवा गाउँका केही स्थानीयहरुले सुनियोजित रुपले आक्रमण गरेका हुन् ।

बाँसको लठ्ठी र भाँटासहित आएका स्थानीयले कार्यक्रम सुरु भएको केहिबेरमै आक्रमण गरेको उनको भनाइ छ ।

वडामा काम गर्न नदिने उदेश्यले आफुहरुमाथि आक्रमण गरेको उनको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close