प्रसौनी गाउँपालिको नवनिर्मित भवन समुदघान समपन्न

आश महमद मिया
बारा , प्रसौनी गाउँपालिका वडा न.–३ मा नवनिर्मित वडा कार्यालय र आधारभुत स्वास्थ्य सेवा केन्द्र एकै पट्क दुई वटा भवन समुदघान कार्यक्रम समपन्न भएको छ ।

बाराको प्रसौनी गाउँपालिकाको वडा नं.३ नौतनमा वडा समितिको कार्यालय र आधारभुत स्वास्थय सेवा केन्द्रलाई प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसबाल रिबन काटी उद्घाटन गरेका छन ।

सो कार्यक्रमका अध्यक्ष वडा न.–३ का वडा अध्यक्ष छोटेलाल साह प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवाल बिशिष्ट अतिथि किरण देबि साह प्रमुख प्रसाशकिय अधिकृत सुजित कुमार सिंह इलाका प्रहरी कार्यालय प्रसौनी नौतनका प्रहरी निरिक्षक बिनोद बोहरा वडा अध्यक्ष लालबाबु मुखिया, हृदय नारायण साह, याकुब अंसारी, इसलाम मियाँ, कार्यपालिका सदस्य माला सहनी, सुनैना देवी, अनिता साह सदस्य राजेश गुप्ता, सन्दिप गुप्ता जन प्रतिनिधि बुद्धिजिवी, कर्मचारी, सुरक्षाकमी संचारकर्मी लगायत स्थानियको उपस्थिति रहेको थियो ।

वडा समिति कार्यालय भवनको लागत रु.३८७४७४५।– रहेका छन भने आधारभुत स्वास्थ्य सेवा केन्द्रको लागत रु. २६७७३८।– रहेका छन प्रमुख प्रसाशकिय अधिकृत सिंहले प्रसतुत गरेका थिए ।

बिगतका दिनमा हाम्रा जनप्रतिनिधिले गरेका अधुरो कार्यलाई समपन्न गरि आफनै गाउं टाउँमा सेवा केन्द्रबाट उपचार दिन प्रयास गरिरहेका छौं । प्रत्येक वडामा यस्तै सुचारुक गर्ने लक्ष्य रहेको छ । सरकारले स्वास्थ्य संस्थाको अनुमती दिए पनि आवश्यकता अनुसार कर्मचारीको दरबन्दी नभएर अन्य संस्थाबाट कर्मचारी मिलाउन गरिरहेका छौ ।
कार्यक्रम संचालन स्वास्थ्य प्रमुख सुरेश साहले गरेका थिए

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close