परवानिपुरमा डेन्टल क्लिनिकको उद्घाटन

बाराको परवानीपुर गाउंपालिका वडान नं.–३ परवानीपुर बजारको हबिब मार्केटमा फैमली डेन्टल केयर दातको क्लिनिक शुभारम्भ भएको छ ।


यस डेन्टल क्लिनिकमा अत्याभुनिक मेसिन द्धारा बिभिन्न दात सम्बन्धी रोगको उपचार हुने छ । यस डेन्टल क्लिनिकमा अत्याभुनिक मेसिन द्धारा बिभिन्न दात सम्बन्धी रोगको उपचार हुने छ ।पुर्व वडाध्यक्ष एवं नेपाली काग्रेसका नेता तथा समाज सेवी हबिब मियाले सो क्लिनिकको रिबन काटी उद्घाटन गर्नु भयो ।


उद्घाटन कार्यक्रममा नेता मियाले परवानिपुरका गरिब बिपन परिवारले गुणस्तरीय, सुलभ र सहज दन्त उपचार स्वास्थ्य सेवा प्रदान हुने मेरो विश्वास रहेको बताए ।

डा. सकिल अहमद (एम डी एस) अर्थोडोन्स्टि दक्ष, छक्षम र अनुभवी चिकित्सकको नेतृत्वमा क्लिनिक सन्चालनले दन्त स्वास्थ्य सेवामा एक नयाँ आयाम थप्ने आशा गरिएको छ ।

यस कार्यक्रममा उपस्थित स्थानीयले अब आफनै गाउं ठाउंमा डेन्टल क्लिनिक संचालन भएकोमा खुसी ब्यक्त गरेका थिए ।
उद्घाटनका दिन आएका पत्रकार अजय चौरसियाले पनि चेक जाच गराएका सम्पुर्ण सेवाग्राहीहरुलाई निःशुल्क चेक जाँच गरिएको सन्चालक डा. अहमदले बताए । सो समारोहमा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close