जीतपुरसिमरा १ र ४ मा राष्ट्रिय स्वतनत्र पार्टी गठन

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी बाराको संगठन निर्माण तथा विस्तार कार्यक्रम अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत वडा नं १ र ४ को वडा भेला सम्पन्न भएको छ।

नगर सभापति सुरेश राज केसीको सभापतित्वमा शनिबार सम्पन्न वडाभेला कार्यक्रमको संचालन नगर सचिव अमृत बस्याल ज्युले गर्नुभएको थियो ।
वडा नं ४ को वडा भेला औराहमा अवस्थित देवाश्रममा संचालन भएको थियो। वडा नं ४ को भेलाले सर्वसम्मतिले कृष्ण धमलाको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ।
वडाकमिटी समितिको सभापति कृष्ण धमला उपा–सभापति कोपिला लामिछाने सचीवमा भरत प्र. अधिकारी, सदस्यमा शिबचन्द्र चौधरी, मुकुन्द प्र.शर्मा, बिनोद महतो कहर, सुजाता सापकोटा, अर्जुन सापकोटा, जानुका सिबाकोटा दाहाल,अस्मिता थापामगर, सुरेश ढकाल सल्लाहकार टेक प्र. बडु, तेज ब. खनाल, गोबिन्द कार्की, डिल्ली प्र. सिम्खडा, रेशम ब. बन्जरा लगाएत रहेका छन् ।
यस्तै वडा नं १ को भेला भने पथलैयाको शिव मन्दिर छेउको प्राङ्गणमा सम्पन्न भएको थियो। भेलाले सर्वसम्मतिले राजु खरेलको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।
वडाकमिटी समितिको सभापति राजु प्र. खरेल उपा–सभापति शिला ढकाल सचीवमा नकूल दुंगेल, सदस्यमा रबि रियाल, रामहरि रैला, रुपा सापकोटा, सावित्री देवकोटा, सुभाष थापा, सभिता र योगेन कार्की लगाएत रहेका छन् ।
भेलामा नगर उपसभापति शितल आचार्य,नगर कोषाध्यक्ष रविन्द्र उपाध्याय,महिला सदस्य उषा प्रसाई, अग्रज व्यक्तित्व बद्री अधिकारी,युवराज न्यौपाने तथा अंकित रिमाल लगायतको सहभागिता रहेको थियो।







