मस्जीद मदर्सा (पाठसाला) भु–माफीयाहरुको चंगुलबाट मुक्त गराउन प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धार्मिक धरोहर मस्जीद मदर्सा (पाठसाला) भु–माफीयाहरुको चंगुलबाट मुक्त गराई सार्वजनिक गराउन माग गर्दै राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पत्ती संरक्षण अभियान मुस्लिम हक अधिकार संघर्ष मंचले बाराका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।


राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पत्ती संरक्षण अभियान मुस्लिम हक अधिकार संघर्ष मंचका संयोजक जफर अंसारीको नेतृत्वमा पुगेको एक टोलीले बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे मार्फत सो ज्ञापन पत्र बुझाएको जनाईएको छ ।


समाजिक सहिष्णुता, समाजिक सांस्कृतिक मुल्य मान्यता कायम राख्दै जिल्ला बारा कलैया उप महानगरपालिका साबिक वडा नं. २४ हाल वडा नं. १८ पतौरा स्थित रहेको मुस्लिम धर्मावलम्बीहरुले नमाज पढने पाक पवित्र अल्लाहको घर मस्जिद र नेपाल इस्लामिक ऐकेडमी नामक मदर्सा (पाठशाला) निलामि पूर्व सार्वजनिक तवरबाट चलिरहेको र सार्वजनिक उपभोगमा रहेको व्यहोरा सर्बबिदितै छ ।

उक्त जग्गा खरिद गर्न र मस्जिद मदर्सा (पाठशाला) को भौतिक संरचना खडा गर्नको लागी जिल्ला बारा कलैया उपमहानगर पालिका वडा नं. ७ बस्ने साउदी अरबको मक्कामा इस्लामिक शिक्षा हासिल गरेका कर्मल्लाह मन्सुर (मदनी) है है दुबई ऐमबेसीमा कार्यरत इब्राहिम अंसारी एै एै बस्ने सनाउल्लाह मन्सुर एै एै बस्ने अब्दुल्लाह मन्सुर एै एै बस्ने सनाउल्लाह मंसुर समेत एक आपसमा मिलोमतो गरी नितिगत आर्थिक ठगी गर्ने उदेश्यको साथ कर्मल्लाह मन्सुर इब्राहिम अन्सारी र सनाउल्लाहको पहलमा मुस्लिम देशका संघ संस्था लगायत दाताहरु संग समन्वय गरी बिदेशी पैसा नेपालमा ल्याई कर्मुल्लाह मंसुर, सनाउल्लाह, अब्दुल्लाह र अमानुल्लाह समेतको एका संगोलको बुबा तथा इब्राहिम अंसारीको ससुरा बुवा रौफ मियां मंसुरीको नाममा जग्गा खरिद गरी मस्जिद मदर्सा (पाठशाला) का भौतिक संरचना खडा गरी संचालन गरेको विज्ञप्तिमा उल्लेख छ ।


तत् पश्चातः आर्थिक भ्रष्टाचार गर्ने उदेश्यका साथ नितिगत रुपमा माथि उल्लेखित व्यक्तिहरु लगायत लक्ष्मी बैंक बीरगंज शाखा र मनोकामना स्कुलका संचालक समेत एक आपसमा मिलोमतो गरी नितीगत तथा आर्थिक भ्रष्टाचार गर्ने उदेश्यले सार्वजनिक तवरबाट संचालन भैरहेको पाक पवित्र अल्लाहको घर मस्जिद र मदर्साको हकमा नितिगत ऋण कर्जाको नाटकिय प्रपंच खडा गरी मस्जिद र नेपाल इस्लामिक एकेडमी नामक मदर्साको जग्गा र भबन समेतलाई बैंकि“ कारोबार अन्तर्गत राखी लिलामी तथा सकारको कागजी प्रकृया खडा गरी लक्ष्मी बैंक वीरगंज शाखाले मनोकामना बोर्डिङ्ग स्कलका संचालक संग खरिद बिक्री देखाई माथि उल्लेखित सम्पुर्ण व्यक्तिहरु एक आपसमा मिलोमतो गरी नितिगत रुपमा ठगी तथा भ्रष्टाचार गरेकोले उनीहरु माथि कडा कारवाहीको माग गरिएको छ ।


यो घटना क्रमको गम्भिर त्रुटीः सुरुमा जग्गा खरिद गर्दा तथा मस्जिद, मदर्साको भौतिक संरचना खडा गर्ने बखत बैंकबाट ऋण लिनु पर्ने आवश्यक्ता भएन तर विधिवत रुपमा इस्लामिक परम्परा अनुसार मस्जिद मदर्सा चलिरहेको अवस्थामा ऋण के का लागी ? धार्मिक तथा सार्वजनिक मुनाफा रहित संस्थामा बैंकिङ्ग कारोबार निषेध भएको कानुनी व्यवस्था हुदा हदै लक्षमी बैंकले ऋण प्रवाह गर्न कहा सम्म न्याय समवत छ ? भनि प्रश्न समेत गरिएको छ ।सो ज्ञापन पत्र बुझाउन गएको टोलीमा नेपाली कांग्रेस मुस्लिम संघ बाराका केन्द्रिय सभापति एजाल मंसुर, अधिवक्ता अलि अकबर, समाजसेवी अनवर मंसुर, लोखापढी संघ सदस्य अफताब मंसुर, राजेश अंसारी, शेख मुन्न लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close