अनियन्त्रित भई दुर्घटना भएका चालकको मृत्यू

वीरगंज पथलैया सडक खण्डमा पर्ने परवानीपुर गाउंपालिका अन्तर्गत गण्डकबाट जादै गरेको मोटरसाईकल नं. २–०३–००४ प ८५९६ को दिउसो २.३० बजेको समयमा परवानीपुर गाउंपालिका वडा नं. ३ निर अनियन्त्रित भई पल्टिदा हात खुटामा चोट पटक लागी सिकिस्त घाइते चालक जि. बारा परवानीपुर गाउंपालिका वडा नं. ५ बहुअरी निवासीे बर्ष २८ को ममुराम पटेल घाईते भई उपचारको लागी सोही पालिकामा रहेको एल.एस. न्यूरोे एण्ड जेनेरल अस्पतालमा लगी उपचारको क्रममा बिहान ६.५० बजे निजको मृत्यु भएको अस्पतालबाट समाचार प्राप्त बारा गण्डक ट्राफिक प्रहरीका बरिष्ट हवलदार मिश्राले बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस






