विश्रामपुर गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न

बारा । बाराको बिश्रामपुर गाउँपालिकाको गाउँ सभा पालिकाको आफ्नै भवनको सभा हलमा शनिवार सम्पन्न भएको छ । गाउँ सभा कार्यक्रमका सभापतित्व गर्नु भएका पालिका अध्यक्ष जुल्फकार अलि भुटो ( जुबैर भार्ई) प्रमुख अतिथी प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा उपाध्यक्ष प्रियंका देबि साह वडाअध्यक्षहरु मनोज कुमार साह, शिवचन्द्र प्रसाद यादव, किशोरी साह तुरहा, अमिरीलाल प्रसाद, लेखा प्रमुख बजरंगी साह कर्मचारी, जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, सन्चार कर्मी, सुरक्षा कर्मी लगायतको सहभागी रहेका थिए ।
बिश्रामपुर गाउँपालिकाको गाउँ सभाले आ.ब. २०८२/०८३ को बजेट पालिका उपाध्यक्ष प्रियंका देबि साहको अनुमतीमा २ नं. वडाका अध्यक्ष एवम् सभा सदस्य मनोज कुमार यादवले प्रस्तुत गरेका थिए ।
आर्थिक २०८२/०८३ को अनुमानित बजेट मधेश प्रदेश सरकारको बितिय समानिकरण अनुदानमा ९ करोड ९१ लाख ४ हजार चालु १० करोड ५९ लाख र पुजीगत तर्फ ७३ लाख सुबिधा विशेष अनुदान ६९ लाख, सुबिधा तथा प्रदेश सरकारक राजश्ब बाँडफाड ८ करोड ३ लाख ३२ हजार सय २८ रुपैया स्थानिय राजश्व बाँडफाड १ करोड २७ लाख र आन्तरिक श्रोत तर्फ ८२ लाख १३ हजार गरि जम्मा ३२ करोड ४ लाख ४९ हजार ५ सय २० रुपैया आय हुने अनुमान गरेको छ । कार्यक्रममा स्वागत मंतब्य पालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझले गरेका थिए ।
बिभिन्न बिकास कार्य योजनाहरु गुणस्तरीय शिक्षा, सुल्भ स्वास्थ, बाटोघाटो, रोड, नाला, सडक स्तरउन्ति हुँदै गएको छ । पालिकाले सम्पुर्ण वडाहरुमा खानेपानीको ब्यवस्थापन गरेको छ ।
समृद्ध पालिका दीर्घकालीन सोच, सुख शान्ती हाम्रो नाराका साथ पालिका अगाडी बढिरहेको छ । भष्टाचार हुन नदिन जनमुखी बिकास सलाह सुझाव चुस्त दुरुस्त पालिका बनाउन अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । जनताको चाहना अनुसार बिकास निर्माण र अन्य सुबिधा मुल्क कार्य भैरहेको र केहि कार्य आर्थिकको अभावको कारण गर्न बाकी रहेकोमा गर्दै जाने अध्यक्ष भुटोले बताउनु भयो । कार्यक्रम संचालक स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले संचालन गरेका थिए ।