पालिका द्वारा किसानहरूलाई गेहुँको बीउ वितरण

आश महमद मियाँ
प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले आफना पालिकामा रहेका किसानहरुलाई कषि क्षेत्रमा सुबिधा दिन कुनै पनि कसर बाकी नराख्ने बताउछन ।


स्थानिय किसानहरुलाई कृषि क्षेत्रमा समय अनुसार मल खाद्य, आवश्यक सामग्री उपलब्ध गराएर किसानहरुलाई सहुलियत दिने लक्ष्यसहित ट्यूबवेल , बोरिङ र दमकल वितरण गरिएको छ । यसबाट सिंचाइ व्यवस्थामा सुधार आउने र खेतीयोग्य जमिनमा उत्पादन बढ्ने छ ।


हाललाई प्रसौनी गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानहरूलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको छ । बीउ वितरण कार्यक्रम अन्तर्गत स्थानीय कृषकहरूलाई अनुदानमा बीउ प्रदान गरिरहेको छ । किसानहरूको उत्पादन बढाउने, आधुनिक कृषि प्रविधि प्रोत्साहित गर्ने र खाद्य सुरक्षा मजबुत बनाउने उदेश्यले किसानहरूलाई समयमै पाएको बीउले आगामी बाली उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्

पालिकाले प्रति केजी ७४ रुपैयामा खरिद गरेको गेहुँको गुणस्तरीय बीउ किसानहरुलार्इृ राहत स्वरुप प्रति केजी ५० प्रतिशत छुट यानी ३७ रुपैया केजी प्रति १ बोरा ४० केजीको १४८०।– को दरले बितरण गरिरहेको छ । पालिकाले खरिद गरेकोे गुणस्तरीय गेहुको बीउ एन एल र बिजय २७ टन करीब ६०० किसानहरुलाई बितरण गर्ने लक्ष्य रहेको कृषि प्रमुख सुनिल महतो र सहायक रुपनारायण महतोले बताए ।


पालिका अध्यक्ष जैसवाल, उपाध्यक्ष किरण देवी साहशह, लेखा प्रमुख प्रेम बाबु पटेल, कृषि प्रमुख सुनिल महतो र सहायक रुपनारायण महतो वडा अध्यक्ष लाल बाबु मुखिया, हृदयनारायण साह, ईसलाम मियाँ, लक्ष्मी साह कलवार, कर्मचारी, पालिका प्रहरी, स्थानिय किसानहरुको उपस्थितिमा बितरण कार्य पालिका अध्यक्ष जैसवाल दवारा शुभारम्भ् गरियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close