मुख्यमन्त्री सोनललाई भव्य स्वागत

आश महमद मियाँ ।
बारा । मधेश प्रदेशका नव–नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनललाई नौतन गण्डक चौकमा भव्य स्वागत गरिएको छ । गृह जिल्ला बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ नौतन गण्डक चौकमा जनतासँग प्रत्यक्ष भेटघाटको क्रममा स्थानिय, जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुले उत्साह सद्भावका साथ भव्य स्वागत गरेका थिए ।
भेटघाट चियापानको क्रममा कुरा गर्दै दशैं, दिपावली बिते जस्तै छठ पर्व हर्षोउल्लास, सद्भाव र सुख–शान्तिमयको हार्दिक मंगलमय शुभकामना व्यक्त गरका थिए ।
बारा क्षेत्र नं. ४ (ख) का क्षेत्रिय अध्यक्ष सिताराम प्रसाद गुप्ता, वडा अध्यक्ष छोटालाल साह, पूर्व वडा अध्यक्ष बैजु प्रसाद गुप्ता, समाज सेवी बिश्वनाथ प्रसाद साह युवा नेता पन्नालाल यादव, सदस्य संदिप गुप्ता, जितेन्द्र साह, संतोष गुप्ता, प्रमानन्द पटेल, शेख अफरोज, रमेश सर्राफ स्थानिय, जनप्रतिनिधि, कार्यकर्ताहरु लगायतहरुको सहभागिता थिए ।
बैठककै क्रममा पर्सा क्षेत्र नं.–२ (ख) का प्रदेशसभा सदस्य पूर्व मन्त्री रमेश पटेल मधेश सेवा आश्रममा मुख्यमन्त्री सोनललाई भेटन पुगेका थिए । सो क्रममा दुबै नेताले एक अर्कालाई फुलमाला लगाई र मिठाई खुवाएर स्वागत गरेका थिए । सो क्रममा दुबै नेताबीच प्रदेशका समसामयिक राजनीतिक अवस्था र विकाससम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।






