ह्वातै तापक्रम बढपछि जनजिवत प्रभावित

आश महमद मियां

मध्य तराईका जिल्लामा केही दिनयता तापक्रम ह्वातै बढेको छ । बिउ छर्ने बेलामा पानी न पर्नुले किसानहरु तराहिमाम तराहिमाम गरिरहेका छन । प्रचण्ड गर्मीको कारण बारा , पर्सा, रौतहट, लगायतका नदी नालाको पानी सुकिसकेर हरिबिजोग नै भएका छन । यहा सम्म कि गाउं शहरका चापाकलहरु सुकेर पानीको हहकार नै मचेको छ ।

गाउं शहरका कुनै कुनै चापाकल धारामा पानी आइरहेकोमा पानी लिनेहरुको लाइन लागेको देखिन्छ ।
यता ह्वातै तापक्रम बढेपछि अत्यधिक गर्मीले छटपटी भइरहेका बेला वीरगंज विद्युत् प्राधिकरणले अघोषित लाईन काटेर बिभिन्न थरीका इलेक्ट्रोनिक्स समानहरु खराब भै जिवन कष्टकर बनाई दिएको छ ।

पर्सावासीको जनजीवन प्रभावित भएको छ । बिहानदेखि अपराह्नसम्म सामान्यतः ४० देखि ४५ डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्ने गरेपछि सहरी क्षेत्रमा चहलपहल पातलिएको छ ।

चर्को घाम र तापक्रम अत्यधिक बढेर खेप्नै नसक्ने गरी गर्मी भइरहेका बेला यसरी दिनभर लोडसेडिङ झ्याप–झ्याप काटिँदा पंखा, एसी, कुलर, फ्रिज लगायतका विद्युतय उपकरण चलाउन नपाएर अत्यधिक गर्मी सहनु परेको वीरगंज स्थित माईस्थानका पसले बताउनुभयो । विद्युत नियमित नहुदा व्यवसायमा पनि ठुलो असर परेको उनले बताए ।

मौसमविद्ले तराई क्षेत्रमा केही दिन तातो हावा चलेर ‘लु’ जोखिम रहेकाले सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिइरहेका बेला विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले विभिन्न बहानामा दिनभर बत्ती काटिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यसरी लामो समय बिजुली काटिँदा स्थानीय विद्युतीय उपकरण सञ्चालन गर्नबाट वञ्चित हुँदै आएका छन् । रातको समयमा त झन् बढी विद्युत् अनियमित हुने गरेको गुनासो स्थानीयवासीको छ ।

जिल्लाका धेरै स्थानमा ट्रान्सफर्मरको क्षमता कम रहेको र सेवाग्राही भने धेरै रहेकाले कहिलेकाहीँ लोड थेग्न नसकेर आफैँ बत्ती कट्ने गरेको नेपाल विद्युत प्राधिकार वितरण केन्द्रका एक कर्मचारीले बताए । अत्यधिक गर्मीले बालबालिका बेहोस हुने तथा पठनपाठन प्रभावित भएपछि जिल्ला भित्रका १४ वटा पालिकाले एक साताका लागि विद्यालय बन्द गरेका छन् । गर्मीको प्रभाव मानव स्वास्थ्यमा पनि पर्ने गरेकाले चिकित्सकहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close