श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

बीरगन्ज २७ साउन । बीरगंजको वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान २६ वषर््िाय दिनेश प्रसाद यादवले आफ्नी २३ वषर््िाय श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरी नायब उपरिक्षक कार्कीले आजाद डेलीलाई जानकारी गराए ।
उनले भने” घटना करीब बिहान ३÷४ बजेको हो ,श्रीमान दिनेश पक्राउ परेको छ, मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागी नारायणी अस्पताल पठाइएको छ । थप अनुसनधान भइरहेको छ ।”
गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ६ धोरे निवासी प्रतिमाको दिनेशसँग विवाह भएको थियो । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षको भनाइ छ ।
आरोपित दिनेशले प्रहरीलाई दिएको बयान अनुसार उनले श्रीमतको अर्को केटासँग सम्बन्ध रहेको शंकामा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।






