वडाध्यक्ष चौरसीयाको नेतृत्वमा घरदैलो, घरदैलोमा बालबालिकाको प्रयोग, आयोग गर्छ त कार्यवाहि ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जसपा–एमाले गठबन्धनको चुनावि प्रचार प्रसारमा आचार संहिताको उल्लंघन भएको पाइएको छ । प्रतिनिधी सभा र प्रदेस सभाको निर्वाचन मंसीर ४ गते अर्थात आज भन्दा सात दिन बाँकि रहेको हुदा जसपा–एमाले गठबन्धनले प्रचार प्रसार तथा घरदैलो जस्ता कार्यक्रलाई तिव्रता दिएको छ ।

गठबन्धनले कार्यक्रमा तिव्रता दिए पनि आचार संहिताको व्यापक उल्लंघन गरेको छ । निर्वाचन आयोगले बारम्बार आचार संहिताको उल्लंघन नर्गन पार्टी तथा उमेदवारहरुलाई हारगुहार गरीरहे पनि वीरगञ्जका जसपा–एमाले गठबन्धनले आयोगको हारगुहारलाई नजरअन्दाज गरि आचार संहिताको उल्लंघन गरेको मतदाताहरुले बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुमा जसपा–एमाले गठबन्धनले गरेको चुनावि प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा बालबालीहरुलाई विभिन्न किसिमको प्रलोभन दिइ प्रयोग भएको गरेको पाईएको छ ।

आइतबार विहान वडा नं. ११ श्रीपुरका वडाध्यक्ष अजय चौरसीयाको नेतृत्वमा आयोजना भएको घरदैलो कार्यक्रमा दस वर्ष उमेर मुनिका बालबालीकालाई विद्यालय जानबाट बन्चित गरी झण्डा तथा चुनावी पर्चा हातमा थमाई चुनावी प्रचार प्रसार भइरहेको छ । चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग हुदा सो क्षेत्रका आम मतदाताहरु को अपति समेत रहेको बताइएको छ ।

निर्वाचन आयोग गर्छ त कार्यवाहि ?

स—साना बालबालिकालाई कुनैपनि काम गराउन दण्डनीय मानिने गरिन्छ, तर निर्वाचनको समयमा त्यही बालबालिकालाई प्रयोग गर्दै आचार संहिताको उल्लंघन गर्दै पार्टीको प्रचार प्रसारमा लगाउदापनि निर्वाचन आयोग मौन धारण गर्नुले प्रश्ण खडा गरेको छ । निर्वाचन आयोगले पार्टी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरिए उम्मेदवारलाई नै दण्डीत गर्ने प्रावधान बनाएपनि मात्र कागजमै सिमित रहेको बारे यी तस्बिरले प्रमाणित गरेको छ ।

निर्वाचन आयोगले बनाएको नीति निर्देशनलाई उम्मेदवारले लत्याउदै आफ्नो पार्टी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरिरहेपनि मौन धारण गर्नुले निर्वाचन आयोगले बनाएको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । यस बिषयमा निर्वाचन आयोगले समयमै ध्यान पुरयाउन जरुरी देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close