नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उमेदवार कुर्मी लोकप्रिय बन्दै

वीरगञ्ज । स्थानीय तहको चुनाव नजिकिदै जाँदा वीरगञ्ज महानगरपालिका वडा नं.–१५ का समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता गजेन्द्र प्रसाद कुर्मी लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि वडाका जनताको सेवामा समर्पित हुदै आएका नेता कुर्मीे आउने बैशाख ३० गते को चुनावको लागि वडा अध्यक्षका उमेदवारी दिएका छन् । यसपाली भ्रष्टाचार गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको नेता कुर्मीले बताए ।

राजनीति एवं समाजीक पेशामा आबद्ध भइ वडा नं.–१५ का जनताको निम्ति अफ्नो अहम भुमिका निर्वाह गर्दै आएको कुर्मी यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीले ठोकुवा समेत गर्न थालेका छन् ।

यसपालिको निर्वाचनमा युवाहरूको ढुकढुकी, मिहिनेती, ईमानदार, निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल नेता गजेन्द्र प्रसाद कुर्मीका सम्पूर्ण प्यानललाई नै रोज्ने स्थानीयवासीले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close