२५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित एक जना पक्राउ

काठमाडौँ / नेपाल प्रहरीले झन्डै २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी उक्त रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार टोखा क्षेत्रबाट रातिको समयमा एक गाडीमा लुकाइ राखिएको उक्त रकम बरामद गरिएको हो । ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने, ‘पैसाको मात्रा धेरै भएकाले मेसिन प्रयोग गरी गन्ने काम भइरहेको छ ।’
उनका अनुसार भेटिएको रकम नेपाली रुपैयाँअनुसार अनुमानित २५ करोड बराबरको रहेको छ । घटनाबारे विस्तृत विवरण आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






