देशभक्ति, राष्ट्रिय स्वतन्त्रता, र स्वाभिमानकाविषयमाबोल्न प्रत्येक नागरिकलाई अध्यक्ष नेपालको आव्हान

काठमाडाँै । नेकपा.(एकीकृत समाजवादी) काअध्यक्षमाधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानकाविषयमाबोल्न प्रत्येक नागरिकलाईआव्हानगर्नुभएको छ । पार्टीपोलिटब्यूरोको दोस्रो बैठकलाई सम्बोधनगर्दै अध्यक्ष नेपालले देशभक्ति,स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमानागरिकहरु चनाखोहुनुपर्नेबताउनुभएको हो ।
अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति(आइपीएस), स्टेट पार्टनरसिपप्रोग्राम (एसपीपी) र एमसीसीएमाले नेताहरुको योजनामाआएको बताउँदै एमसिसी पारित गर्दा आफूहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्नअंगबनाउनबाध्यपारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थावाट जोगाएकोबताउनुभयो ।
संविधानलाई कुल्चिने,दक्षिणपन्थी र विदेशीहरुसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई हामीले नै रोकेको भन्दैै आफुहरुकै दबावमाचुच्चे नक्साप्रकाशनभएको उहाँको दाबीथियो ।
देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिष्टहरुको काँधमाआएकोले अबयसको नेतृत्वहाम्रो पार्टीले गर्ने भन्दैअध्यक्ष नेपाललेएकीकृत कम्युनिष्ट पार्टी निर्माणमालागि पर्ने बताउनुभयो । हामीले नै विद्रोह गरेर संविधान र संघियताको रक्षा गरेको भन्दै देशलाई अस्थिरतावाट जोगाएको उहाँको भनाई रहेकोथियो ।
विश्वमा देखिएकाजलवायु परिवर्तन,खाद्य संकट र आर्थिक संकटका विषयमा समेत छलफल हुनुपर्ने समेत उहाँको धारणा थियो ।
स्थानीयतहको निर्वाचनमा गठबन्धनकै भरमामहानगर,उपमहानगर जितेपनिप्रदेश र जिल्लामा सहकार्य हुननसक्दाअपेक्षित परिणाम हासिलहुननसकेकोले गठबन्धनका विषयमामसिनो ढंगले समिक्षागर्नुपर्ने भन्दैयसकालागिअहिलेदेखि नै वार्ता सुरु गर्नुपर्ने बताउनुभयो ।
कांग्रेस र माओवादीबीचको गठबन्धन अपेक्षाकृत फलदायीहुननसकेकोले गठबन्धनमा तेस्रो धारकाविषयमा समेत छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइथियो ।
बैठकमा अध्यक्ष नेपालले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, संगठनात्मक अवस्था, स्थानीयतहको निर्वाचनको समीक्षा, गठबन्धन सरकारको समीक्षा र पाँचदलीय गठबन्धनको औचित्य, भावीकार्ययोजनातथाआगामीप्रतिनिधिसभा र प्रदेशसभानिर्वाचन रणनीति लगायतकाविषय समेटिएको प्रतिवेदन प्रस्तुतगर्दै पार्टी विस्तार अभियानलाई अगाडि बढाउँदै आगामीनिर्वाचनमा जुट्नुपर्ने आवश्यकताआँैल्याउनुभयो ।
बैठकमापोलिटब्यूरो सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो । बैठकमापारित प्रतिवेदन केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठमा प्रस्तुतहुनेप्रचार विभागप्रमुखजगन्नाथ खतिवडाले बताउनुभयो । केन्द्रीय कमिटीको दोश्रो बैठक असार ११ गते कार्की ब्यङ्क्वेट बबरमहल र केन्द्रीय परिषद बैठक असार १३ र १४ गते प्रज्ञाभवन कमलादीमाहुने प्रमुख खतिवडाले बताउनुभयो । परिषदको बैठकको उदघाटन अध्यक्ष नेपालले गर्नुहुनेबताइएको छ ।






