आज रक्षाबन्धन, जनै पूर्णिमा मनाइँदै

बारा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

जनै पूर्णिमाका दिन बिहानै देखि घर, नदी, पोखरीमा गई स्नान गरेर भाई बहनको अटुट रिस्ता मानिने रक्षा बन्धन पर्ब बहिनीहरुले आ–आफना दाई भाईहरुलाई हातमा राखी बाधि मुख मिठा गरि मनाउछन ।

त्यसतै बाराको प्रसौनी गण्डक नौतनमा रहेका ईलाका प्रहरी कार्यालयको प्राङ्गगनमा जनमत पार्टीकी केन्द्रिय कार्यकारणी सदस्य बारा क्षेत्र नं.–४ की रोशन खातुनले ई. प्र. कार्यालयमा पुगी आफनो घरमा जान नसकेका या दिदी बहिनी नभएका सुरक्षाकर्मीहरुलाई मनोबल घटन नदिन एक कार्यक्रममा प्रहरी निरिक्षक बिनोद बोहरा, प्र. ना. नि. सुरेश पासवान, संचारकर्मी लगायत प्रहरीहरुलाई रक्षा बाधि उत्साहित बनाएका थिन ।

यस क्षेत्रमा आज दिनका टाउँ ठाउँको मन्दिरहरु पुजा पाठ गरिदैछ र घरमा थरी थरीका परीकारहरु बनाइन्छ दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close