रु. १२,००,०००।- लाख नगद सहित २ जना पक्राउ

पर्सा, बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभठ्ठा पुल स्थित चेक जांचको क्रममा प्रसौनीभठ्ठा मातहतका प्रहरी टोलीले करीब ५ बजेको समयमा वीरगञ्जबाट प्रसौनी भाठ्ठा तर्फ जाँदै गरेको BR 05 S 4702 न.को मोटरसाइकल चेक जाच गर्दा रु.१२,००,०००।- नगद सहित फेला पारेका छन ।

नगद सहित फेला परेका मो. सा. चालक भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष २६ को मुसाहेब आलम पछाडी सवार ऐ ऐ बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु.१००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान गरी जम्मा रु.१२,००,०००।- फेला परेको हुँदा नियन्त्रणमा लिइछ ।
उल्लेखित नम्बरको मो.सा.र नगद सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा मिति २०८०।०१।२७ गते पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहे¬को । जि.प्र.का. प्रबक्ता दिपक गिरीले जानकारी गराउनु भयो ।





