बाराको आदर्शकोतवाल र सुवर्णमा रास्वपाका पालिका स्तरिय समिति गठन

बारा । बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको आदर्शकोतवाल र सुवर्ण गाउँपालिको भेला सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले आदर्शकोतवाल गाउँपालिका समितिको सर्वसम्मतिले चयन गरिएको छ । भेलामा प्रदेश सदस्य विनोद यादव, प्रदेश संगठन विभाग उप–प्रमुख प्रमोद रायमाझी लगायतका विभिन्न क्षेत्र तथा पालिका सभापति तथा अन्य नेतृत्वको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको २ महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत सम्पन्न आदर्श कोतवाल भेलाले चन्दन प्रसाद यादवको नेतृत्वमा ११ सदस्यीय समिती र सुवर्ण गाउँपालिका भेलाले अशोक यादवको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको बताइएको छ । विभिन्न राजनैतिक दलको दबाब र प्रभावको बिचमा पनि भेला कार्यक्रममा स्थानीयको सहभागिताले घण्टीमित्रहरु थप उत्साहित भएको रास्वपाका नेताहरुको भनाई छ ।






