छपकैयामा विपन्न परिवारहरुका लागि कम्बल वितरण

वीरगंज । पर्साको वीरगंज महानगरपालिका वडा नं. १ मा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा द्वारा विपन्न परिवारहरुका लागि न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रामको वीरगंज महानगरापलिक उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यता कम्बल वितरण कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष ग्यासुदिन ठकुराई को अध्यक्षतामा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन भएको थियो भने सहायक जिल्ला अधिकारी महेश राज तिमल्सिना,वडा १ का वडा अध्यक्ष मनोज कुर्मी,सहायक प्रहरी उपरीक्षक निर्मल बुढाथोकी,बिर्ता वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल लगायत अतिथिहरु तथा स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close