फेटा गाउपालिकाको १२ औ गाउँसभा सम्पन्न ३५ करोड ६३ लाख ६२ हजार बजेट प्रस्तुत

फेटा गाउपालिकाको १२ गाउँ सभाबाट चालु आ.व. २०८०÷०८१ का लागि ३५ करोड ६३ लाख ६२ हजारको बजेट प्रस्तुत गर्दै सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले कार्यालय परिसरमा शुक्रबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
गाउपालिका अध्यक्ष अन्सारीले गाउपालिकालाई आवश्यक हरेक किसिमको गौरवको योजनालाई प्राथमिकतामा राखेको बताए । अन्सारीले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको तथा शिक्षा स्वास्थ्य खानेपानीमा मुख्य रुपमा ध्यान पु¥याईएको बताए । गाउपालिका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न गाउ सभामा गाउपालिका उपाध्यक्ष निलम साह, सातै वडाका वडा अध्यक्षहरु क्रमशः बिगन दास तत्मा, नरेश प्रसाद, प्रह्लाद प्रसाद साह, वकिल प्रसाद यादव अहिर, अयुब मिया अन्सारी, अमिर हम्जा ठकुराई, पप्पु सिंह, कार्यपालिका सदस्यहरु उपेन्द्र साह, मदन साह कानु, सगिता देवि, रिना देबि, सुनैना देबि, उर्मिला देबि कोईरिन, गाउ सभा सदस्यहरु, सम्पुर्ण शाखा प्रमुखहरु, सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गाउपालिकाका उपाध्यक्ष साहले गाउपालिकाको महिलाहरुको लागि रोजगार मुलक कार्यक्रम तथा महिला स्वास्थका लागि बिशेष कार्यक्रम छुट्याएको बताए । कार्यपालिका सदस्य मदन प्रसाद साहले स्वागत गरेको कार्यक्रमको सन्चालन प्रशासन शाखाका अधिकृत सुनिल कुमार साहले गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर प्रसाद सिंहले शुभकामना मन्तव्य राख्दै गाउपालिका अध्यक्ष अन्सारीले उत्कृष्ट कर्मचारीहरु जफिर आलम र उपेन्द्र पटेललाई फुलमाला र दोसल्ला सहित पाँच हजार नगद प्रदानगरी सम्मानित गरेका हुन ।